काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक जारी छ।
सिंहदरबारस्थित कानून समितिको हलमा बैठक जारी छ। ।
बैठकमा प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्ने भनिएको छ। यद्यपि, प्रमुख प्रतिपक्षी एमालेका सदस्यले ६ महिनासम्म सदनमा अड्काएर राखिएको प्रस्ताव टुंगोमा पुग्ने सुनिश्चितता खोजिरहेको छन्।
जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
Facebook Comments Box