काठमाडौं। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बयानको लागि बोलाएको छ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरेको समेत बताए।
बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने, ‘‘महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ। दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ।
Facebook Comments Box