Author: admin
काठमाडौं। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठले प्रस्ताव गरेको महाभियोगको समर्थनमा ९८ सांसद्ले हस्ताक्षर गरेका थिए। ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा माननीय श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर…
झापा । खेतीपातीको समय सकिएपछि पूर्वी नेपालका नेवार समुदायले लाखे नाच प्रदर्शन जारी राखेका छन् । नागपञ्चमीबाट शुरु भएको लाखे नाच कृष्णाष्टमीसम्म रहने गर्दछ । झापाका विभिन्न क्षेत्रमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायमा लाखे नाच विशिष्ट सँस्कृतिको रुपमा परिचित रहेको झापा बिर्तामोडका नेवार समुदायका अगुवा कृष्ण उदास बताउछन् । नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि झापाका विभिन्न स्थानमा लाखे नाच देखाउन थालिएको छ । शनिबार झापाको बिर्तामोडका नेवार समुदायले पनि लाखे नाच प्रदर्शन गरेका थिए । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिने गरिएको नेवार समुदायका अग्रजहरूको भनाइ…
काठमाडौं । नेकपासंग भएको तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरुले एमसीसी खारेज गर्नुपर्ने, मूल्यबृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन् ।
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका छन् । शनिबार काठमाडौंमा गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै नेता सिंहले जनतालाई अधिकार दिलाउने काम काग्रेसले गरेको भन्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका हुन् । अरुले गरेको गलत कामको मार कांग्रेसले खेप्नुपरेको तर मुलुकमा संकट पर्दा पार लगाउने काम कांग्रेसबाटै भएको उनले बताए । नेता सिंहले अवसर पाउदा काम नगर्ने र पटक पटक जनताको अपमान गर्ने हरु फेरी पनि रोईकराई गर्न थालेको भन्दै गठबन्धनले नै मुलुकलाई अघि बढाउने जिकिर गरे । आफूले पार्टी र…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् । नेपाल एयरलाइन्सको गएरातिको विमानमा उनी जापान गएका हुन्। उनी शनिबार बिहान राजधानी टोकियो पुगेका हुन् । जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान उडेका हुन् । उनले भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यातालिका रहेको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल’को समुद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तैगरी आइतबार हिरोसिमाको भ्रमण गर्नेछन् । हिरोसिमा घटना भएको शनिबार ७५…
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केहि स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा…
निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दलदर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुनेनिर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमामिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम सम्वत् २०७९साल श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताकालागि निवेदन दिन सूचित गरिएको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति घोषणा गर्नुअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवादको प्रयास भएको प्रष्टीकरण दिएका छन्। संघ र प्रदेशको निर्वाचन मंसिर ४ को मितिमा गर्ने सरकारी घोषणा बाहिरिएलगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले आफूहरुसँग कुनै छलफल नगरेको बताएका थिए। तर शुक्रबार सत्ता गठबन्धनको बैठकको निर्णय सुनाउनेक्रममा प्रवक्ता कार्कीले आफ्नैअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको तर संवाद हुन नसकेको बताए। ‘प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। म पनि त्यहीँ थिएँ तर संवाद हुन सकेन,’ कार्कीले भने,‘फेरि चुनाव मंसिर ४ मा हुने कुरा अपेक्षित नै थियो।’
काठमाडौं। सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सिटको भागबन्डा भदौ पहिलो सातासम्म टुंग्याउने निर्णयसमेत गरेको छ। कार्यदलमा गठबन्धनसम्बद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी ११ सदस्य छन्। जसमा नेपाली कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा हुनेछन्। माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र…
काठमाडौं । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । सरकारले बिहीबार प्रतिनिधि तथा प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । सत्ता गठबन्धनका दलबीच चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा कोको बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भुसालले जानकारी दिए ।