काठमाडौं। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति घोषणा गर्नुअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवादको प्रयास भएको प्रष्टीकरण दिएका छन्।
संघ र प्रदेशको निर्वाचन मंसिर ४ को मितिमा गर्ने सरकारी घोषणा बाहिरिएलगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले आफूहरुसँग कुनै छलफल नगरेको बताएका थिए।
तर शुक्रबार सत्ता गठबन्धनको बैठकको निर्णय सुनाउनेक्रममा प्रवक्ता कार्कीले आफ्नैअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको तर संवाद हुन नसकेको बताए।
‘प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो। म पनि त्यहीँ थिएँ तर संवाद हुन सकेन,’ कार्कीले भने,‘फेरि चुनाव मंसिर ४ मा हुने कुरा अपेक्षित नै थियो।’
Facebook Comments Box