काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै नेता सिंहले जनतालाई अधिकार दिलाउने काम काग्रेसले गरेको भन्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताएका हुन् ।
अरुले गरेको गलत कामको मार कांग्रेसले खेप्नुपरेको तर मुलुकमा संकट पर्दा पार लगाउने काम कांग्रेसबाटै भएको उनले बताए ।
नेता सिंहले अवसर पाउदा काम नगर्ने र पटक पटक जनताको अपमान गर्ने हरु फेरी पनि रोईकराई गर्न थालेको भन्दै गठबन्धनले नै मुलुकलाई अघि बढाउने जिकिर गरे ।
आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभवले नम्बर वन म्यान भएर देशको कायापलट गर्ने चाहना रहेको उनको भनाइ छ ।
नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफूले प्रयास गरिरहेको भन्दै आफ्नो क्षेत्रमा रहेका सवै सामुदायिक बिधालयको पूर्वाधार बिकासमा आफुले बिशेष ध्यान दिएको बताए ।