झापा । खेतीपातीको समय सकिएपछि पूर्वी नेपालका नेवार समुदायले लाखे नाच प्रदर्शन जारी राखेका छन् ।
नागपञ्चमीबाट शुरु भएको लाखे नाच कृष्णाष्टमीसम्म रहने गर्दछ । झापाका विभिन्न क्षेत्रमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् ।

नेवार समुदायमा लाखे नाच विशिष्ट सँस्कृतिको रुपमा परिचित रहेको झापा बिर्तामोडका नेवार समुदायका अगुवा कृष्ण उदास बताउछन् ।
नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि झापाका विभिन्न स्थानमा लाखे नाच देखाउन थालिएको छ ।
शनिबार झापाको बिर्तामोडका नेवार समुदायले पनि लाखे नाच प्रदर्शन गरेका थिए । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिने गरिएको नेवार समुदायका अग्रजहरूको भनाइ छ ।
तीजको साँझ दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।


