काठमाडौं । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् ।
सरकारले बिहीबार प्रतिनिधि तथा प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।
सत्ता गठबन्धनका दलबीच चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ ।
कार्यदलमा कोको बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भुसालले जानकारी दिए ।
Facebook Comments Box