Author: admin

काठमाडौं । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत कटाएर स्नातक तहमा भर्ना हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि-२०७८ लागू गर्ने निर्णय गरेसंगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् । ‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेले महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमाले आज २ बजे प्रदर्शन गर्ने भएको हो । काठमाडौँको वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध  प्रदर्शन गर्ने एमालेका नेताहरूले जनाएका छन्।  एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ । 

Read More

काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो । आयोगले मान्यता दिने निर्णय गरेसँगै आइतबार आयोग पुगेर नेकपा एकता राष्ट्रिय अभियान पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको हो । यो पार्टीको चुनाव चिह्न अर्ध गोलाकारभित्र तीन वटा धानको झुलेको बाला रहेको छ ।

Read More

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् । उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् ।

Read More

काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारतलाई भने एक गोल पनि र्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ ।

Read More

काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएपछि शर्माले राजीनामा दिएका थिए। थर उक्त प्रकरण छानबिनका लागि गठित संसदीय छानविन विशेष समितिले दोषी देखाउने कुनै प्रमाण नभेटिएको भनेपछि शर्माले क्लिनचीट पाएका थिए।

Read More

काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसीप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेपछि सुरु हुनेछ । पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ । भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ । यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो भने श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । नेपालको २ खेलबाट ६…

Read More

काठमाडौं। अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने भएका छन्। संसदीय छानविन विशेष समितिले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा कुनै प्रमाण नभेटिएको र शर्माको संलग्नता नदेखिएको भनेसँगै मा‌ओवादी केन्द्रले अर्थमन्त्रीमा पुनः शर्मालाई नै पठाउन लागेको हो। त्यसका लागि मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका छन्। यद्यपि दिउँसो ३ बजे बस्ने पार्टीको स्थायी कमिटीको बैठकबाट यस विषयमा औपचारिक निर्णय लिने बताइँदैछ। पार्टीको निर्णयलगत्तै शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र शपथ पनि आजै गराउने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । रिक्त रहेको अर्थमन्त्री पदमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो। यद्यपि पार्टीले आधिकारिक रुपमा भने पदाधिकारी टुंग्याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताएको छ। बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफरे गराएको विषय पेचिलो बन्दै गएपछि मा‌ओवादीबाट अर्थमन्त्री रहेका जनार्दन शर्माले राजीनामा दिएका थिए। अहिले संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएपछि माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने वा अरु कसैलाई नै पठाउने भन्ने विषयमा…

Read More

काठमाडौं। खोटाङमा भूकम्प गएको छ। आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

Read More