काठमाडौं। अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने भएका छन्।
संसदीय छानविन विशेष समितिले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा कुनै प्रमाण नभेटिएको र शर्माको संलग्नता नदेखिएको भनेसँगै माओवादी केन्द्रले अर्थमन्त्रीमा पुनः शर्मालाई नै पठाउन लागेको हो।
त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका छन्। यद्यपि दिउँसो ३ बजे बस्ने पार्टीको स्थायी कमिटीको बैठकबाट यस विषयमा औपचारिक निर्णय लिने बताइँदैछ। पार्टीको निर्णयलगत्तै शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र शपथ पनि आजै गराउने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो।
Facebook Comments Box