काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ ।
गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो ।
आयोगले मान्यता दिने निर्णय गरेसँगै आइतबार आयोग पुगेर नेकपा एकता राष्ट्रिय अभियान पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको हो । यो पार्टीको चुनाव चिह्न अर्ध गोलाकारभित्र तीन वटा धानको झुलेको बाला रहेको छ ।
Facebook Comments Box