काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएपछि शर्माले राजीनामा दिएका थिए।
थर उक्त प्रकरण छानबिनका लागि गठित संसदीय छानविन विशेष समितिले दोषी देखाउने कुनै प्रमाण नभेटिएको भनेपछि शर्माले क्लिनचीट पाएका थिए।
Facebook Comments Box