काठमाडौं । प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेले महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमाले आज २ बजे प्रदर्शन गर्ने भएको हो ।
काठमाडौँको वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गर्ने एमालेका नेताहरूले जनाएका छन्।
एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ ।
Facebook Comments Box