Author: admin

राप्रपा नेपाल झापाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनका लागि अग्रज नेता एवम् कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् ।

Read More

सुरुङ्गा । झापाको सुरुङ्गामा महिलाहरुको पाठेघर तथा स्वास्थ्य परीक्षण सम्बन्धी एक दिवशीय निःशुल्क शिविर सम्पन्न गरिएको छ । कनकाई नगरपालिका वडा नागरीक मञ्च वडा नं.३ र ४ अन्तर्गतका महिलाहरुको आयोजनामा सम्पन्न शिविरमा २ सय ५० जना भन्दा वढी महिलाहरुको पाठेघर लगायत विभिन्न समस्याहरुका वारेमा परीक्षण गरिएको थियो । नेपाल परिवार नियोजन संघ, झापा, अरुणोदय फार्मेसी कनकाई–३, कनकाई महिला उद्यमी व्यवसायी उपसमिति, नोभा ट्याक एड्भान्स प्याथोलोजी, विर्तामोड, प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा, स्थानिय स्वयम्सेविका भोजकुमारी श्रेष्ठ लगायतको शिविरमा प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई धरानस्थित घोपा र धरान परिवार नियोजन संघमा रेफर गरिएको नेपाल परीवार नियोजन संघ…

Read More

काठमाडौं, २३ जेठ । लाजिम्पाटस्थित पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा २४ घण्टा प्रहरी पहरा छ । घर तथा व्यक्तिगत सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरीका ३० भन्दा बढी सुरक्षाकर्मी उनका वरिपरि परिचालित छन् , जसको नेतृत्व गर्छन् सशस्त्र प्रहरीका डीएसपी । आजको नेपाल साप्ताहिक अगाडि लेख्छ– सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति बजबुत सुरक्षा घेराभित्र रहँदासमेत उनका पुत्र प्रकाश दाहालले चाहिँ आफूलाई सुरक्षित महसुश गर्न सकेका रहेनछन् । त्यसको पुष्टि गर्छ, महिनाअघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा नीजि सुरक्षाको लागि हतियार आयात गरी राख्न पाउनको लागि दिएको निवेदनले । गृहमन्त्रालय स्रोतका…

Read More

काठमाडौं, २३ जेठ । समाजमा दिन प्रतिदिन अपराधमा घटना बढिरहेका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार २०७२ मा मात्रै मुलुकभर प्रहरीका १ हजार ३८ ओटा बलात्कारका घटना दर्ता भएका थिए । त्यसैगरी चार सय ९७ ओटा बलात्कार प्रयास र २४ ओटा बोक्सी आरोप लगाइएका घटना दर्ता भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । समाजशास्त्री डा उद्धव प्याकुरेल यो घटनालाई दुई पक्षबाट केलाएर विश्लेषण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अझैं पनि केहि समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन, पुरातनवादी सोच हाबी छ । सरकार र स्थानीय प्रशासनले समाजलाई चेतनशील बनाउन जुन भूमिका खेल्नुपर्ने हो ।…

Read More

अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ । कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका एसएलसी परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ ।

Read More

धुलाबारी । गत बुद्ध जयन्तिका दिन विहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अनिश लुईंटेललाई झापाको धुलाबारीमा भव्य सम्मान गरिएको छ । शनिवार धुलाबारीस्थित जेसीज भवनमा आयोजित कार्यक्रममा झापाका सबै जेसीज शाखाहरु, शिक्षण संस्थाहरु तथा विभिन्न सामाजिक संघ संस्थाहरुले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै अनिशले आफू मात्र नभइ आफू मार्फत सबै झापाबासीको सगरमाथा आरोहण भएको बताए । उनले भने, ‘मैले सबैको सहयोग र माया नपाएको भए सगरमाथाको सफल आरोहण गर्नसक्ने थिइन ।’ उनले सगरमाथा बेस क्याम्पदेखि चुचुरोमा पुगिन्जेलसम्मका आफूले भोगेका कठिनाईका बारेमा विस्तृत बताए । तुलनात्मक रुपमा उकालो चढन भन्दा ओरालो झर्न निकै कठिन भएको उनले बताए । एकपटक…

Read More

 सुरुङ्गा ।  विश्व वातावरण दिवस सन्दर्भ पार्दै मानवीय सरोकार समाज –नेपालले वृक्षरोपण गरेको छ । कनकाई–३, सुरुङ्गास्थित कनकाई उच्च माध्यमिक विद्यालयको परिसरमा टीक प्रजातिको ५१ वटा विरुवा रोपिएको हो । कनकाई उच्च माविका प्रधानाध्यापक आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष कोमलप्रसाद पन्त, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लिलाप्रसाद चिमरिया, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा शाखाका सभापति प्रविण तिम्सिना, सुकेडाँगी सामुदायिक बनका संस्थापक अध्यक्ष तोयानाथ अधिकारी, जनचेतना निमाविका प्रधानाध्यापक होमकुमारी कुमाल लगायतले वातावरण संरक्षणका लागि समाजले गरेको यो कार्यक्रम सराहनीय भएको बताएका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का कनकाई नगर कमिटी…

Read More

शान्तिनगर। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले शुक्रबार सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शान्तिनगरको गढिगाँउ उच्च माविमा सम्पन्न गरेको छ । कार्यक्रमको सहजिकरण संस्थाको शिक्षा तथा तालिम उपसमिती सदस्य गोपाल प्याकुरेल, संचालक समिती उपाध्यक्ष हरी न्यौपाने र महिला उपसमिती संयोजक योग माया भटराईले गरेका थिए । कार्यक्रममा सहकारी परिचय, वित्तिय साक्षरता, संस्थाका निती तथा कार्यक्रम लगायत वर्तमान गतिविधीको बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नया परिपाटीमा सम्पुर्ण उपस्थित सदस्यहरुले नै सामुहकि रुपमा गरेका थिए । कार्यक्रम समापन शान्ति आदर्श उच्च माविका पुर्व प्रचार्य तथा हाल विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिव पौडेलले  गरेका थिए । गंगाराम…

Read More

काठमाडौं । फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको फिफाका वकिलले बताएका छन् । फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले पाँच वर्षको अवधिमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) लिएको फिफका वकिलले बताएका हुन् । फिफाका पूर्व अध्यक्ष ब्लाटर, पूर्व महासचिव भाल्का र बर्खास्तीमा परेका पूर्व वित्त प्रमुख काट्नरले सन् २०११ देखि २०१५ को बिचमा यो रकम लिएका हुन् । ब्लाटर ६ तथा भाल्का १२ वर्षका लागि फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको छ…

Read More

खार्तुम ।   दक्षिण सुडानको विद्रोही समूहले शुक्रबार दक्षिण कोर्दाेफान क्षेत्रमा विद्युतीय धरापमा पारी कम्तीमा पनि २५ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । कार्दाेफको सडकमा उनीहरुले राखेको विद्युतीय धरापमा पारी सुडानका सैनिकको हत्या गरेका थिए । हत्यामा सो विद्रोही संगठनको हात रहेको जानकारी उक्त संगठनका प्रवक्ताले जनाएका छन् । उनले आफ्नो संगठनले थापेको विद्यूतीय धरापमा पारी २५ जना सरकारी सैनिक मारिएका र अरु कैयौं घाइते भएका जनाएका छन् । साथै उनले उक्त धरापमा पारी अत्याधुनिक दुई वटा सवारी साधन पनि क्षतिग्रस्त बनाएको जनाएका छन् ।

Read More