शान्तिनगर।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले शुक्रबार सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शान्तिनगरको गढिगाँउ उच्च माविमा सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजिकरण संस्थाको शिक्षा तथा तालिम उपसमिती सदस्य गोपाल प्याकुरेल, संचालक समिती उपाध्यक्ष हरी न्यौपाने र महिला उपसमिती संयोजक योग माया भटराईले गरेका थिए ।
कार्यक्रममा सहकारी परिचय, वित्तिय साक्षरता, संस्थाका निती तथा कार्यक्रम लगायत वर्तमान गतिविधीको बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नया परिपाटीमा सम्पुर्ण उपस्थित सदस्यहरुले नै सामुहकि रुपमा गरेका थिए ।
कार्यक्रम समापन शान्ति आदर्श उच्च माविका पुर्व प्रचार्य तथा हाल विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिव पौडेलले गरेका थिए । गंगाराम राईले स्वागत गरेकाे कार्यक्रमकाे संचालन संचालक समिती सदस्य दिपक शिवाकोटीले गरेका थिए ।
Facebook Comments Box