काठमाडौं, २३ जेठ । समाजमा दिन प्रतिदिन अपराधमा घटना बढिरहेका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका अनुसार २०७२ मा मात्रै मुलुकभर प्रहरीका १ हजार ३८ ओटा बलात्कारका घटना दर्ता भएका थिए । त्यसैगरी चार सय ९७ ओटा बलात्कार प्रयास र २४ ओटा बोक्सी आरोप लगाइएका घटना दर्ता भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
समाजशास्त्री डा उद्धव प्याकुरेल यो घटनालाई दुई पक्षबाट केलाएर विश्लेषण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अझैं पनि केहि समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन, पुरातनवादी सोच हाबी छ । सरकार र स्थानीय प्रशासनले समाजलाई चेतनशील बनाउन जुन भूमिका खेल्नुपर्ने हो । त्यो सकेका छैनन् । घटनाहरु पहिलेपनि नभएका होइनन्, पहिला लुक्थ्यो, तर अहिले सामाजिक जागरणले पनि बाहिर आएका छन्, त्यसलाई सकारात्मक रुपमा पनि लिनुपर्छ ।
उनले पारिवारिक र सामाजिक यातनाबाट बाहिर ल्याउन नसक्नुमा पीडित आफैंपनि जकडिएकोृ समाजसँग डराउनु र चेतना अभिबृद्धि नभएको कारण रहेको बताए ।
