सुरुङ्गा । विश्व वातावरण दिवस सन्दर्भ पार्दै मानवीय सरोकार समाज –नेपालले वृक्षरोपण गरेको छ । कनकाई–३, सुरुङ्गास्थित कनकाई उच्च माध्यमिक विद्यालयको परिसरमा टीक प्रजातिको ५१ वटा विरुवा रोपिएको हो ।
कनकाई उच्च माविका प्रधानाध्यापक आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष कोमलप्रसाद पन्त, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लिलाप्रसाद चिमरिया, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा शाखाका सभापति प्रविण तिम्सिना, सुकेडाँगी सामुदायिक बनका संस्थापक अध्यक्ष तोयानाथ अधिकारी, जनचेतना निमाविका प्रधानाध्यापक होमकुमारी कुमाल लगायतले वातावरण संरक्षणका लागि समाजले गरेको यो कार्यक्रम सराहनीय भएको बताएका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का कनकाई नगर कमिटी संयोजक लक्ष्मीप्रसाद गुरुङ्ग, राष्ट्रिय प्रतातन्त्र पार्टी नेपालका नगर अध्यक्ष खेमराज कार्की, कनकाई बौद्धिक समाजका सचिव टीकाप्रसाद लामिछाने, कनकाई उच्च माविका सहायक प्रधानाध्यापक निर्मलकुमार शर्मा खतिवडा, जानकी निमावि प्रधानाध्यापक भोलाप्रसाद ढुङ्गाना, गायत्री प्रावि प्रधानाध्यापक जनार्दन पोखरेल, कनकाई जुनियुर रेडक्रस सर्कलका शिक्षक नायक चन्द्रप्रसाद पोखरेल, स्काउट शिक्षक राधा केसी, खेलकुद शिक्षक खेमराज भट्टराई, शिक्षक लोकेन्द्र दाहालसहित जुरेस, बालक क्लव र स्काउटका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष नारयणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथि सदस्य दिलिपकुमार खतिवडाले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव कर्णबहादुर डाँगीले गरेका थिए ।