सुरुङ्गा ।
झापाको सुरुङ्गामा महिलाहरुको पाठेघर तथा स्वास्थ्य परीक्षण सम्बन्धी एक दिवशीय निःशुल्क शिविर सम्पन्न गरिएको छ ।
कनकाई नगरपालिका वडा नागरीक मञ्च वडा नं.३ र ४ अन्तर्गतका महिलाहरुको आयोजनामा सम्पन्न शिविरमा २ सय ५० जना भन्दा वढी महिलाहरुको पाठेघर लगायत विभिन्न समस्याहरुका वारेमा परीक्षण गरिएको थियो ।
नेपाल परिवार नियोजन संघ, झापा, अरुणोदय फार्मेसी कनकाई–३, कनकाई महिला उद्यमी व्यवसायी उपसमिति, नोभा ट्याक एड्भान्स प्याथोलोजी, विर्तामोड, प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा, स्थानिय स्वयम्सेविका भोजकुमारी श्रेष्ठ लगायतको शिविरमा प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्य परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई धरानस्थित घोपा र धरान परिवार नियोजन संघमा रेफर गरिएको नेपाल परीवार नियोजन संघ चारालीकी प्राविधिक कल्पना उप्रेतीले बताइन् ।
पाठेघरको मुखको १० वर्ष पछि हुन सक्ने क्यान्सर लगायतका समस्याको पहिचान गरी समस्याबाट पीडित विरामीहरुलाई थप उपचारका लागि सम्वन्धित ठाउँमा पठाइएको छ ।