Author: admin

हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिबेला सिन्धुपाल्चोकको गिरेनचौरमा चार करोडको लागतमा एउटा बस्तीको पुनर्निर्माणमा जुटिरहेका छन्। यसरी पुन:निर्माणमा जुटिरहेका उनीहरूले यसै सम्बन्धी प्रेरणादायी गीतको भिडियोमा अभिनय गरेका छन्। डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन्। हाम्रो वास्तविकतामा आधारीत रहेर हाम्रो गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि उक्त गीतमा अभिनय गरेको उनीहरूले बताएका छन्। भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।  यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता…

Read More

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी सानिमा सन् १९९८ मा उत्तर कोरियाबाट भागेर न्युयोर्कमा भूमिगत रूपमा लुगा धुने व्यवसायमा संलग्न रहेको तथ्य द वासिङटन पोस्टले खुलासा गरेको छ । को योङ सुक आफ्नो पति रि गाङ र तीनजना छोराछोरीका साथ अमेरिकी जीवन बिताइरहेकी छिन् । उत्तर कोरियाको कम्युनिस्ट सत्ताको नजिक रहेका को योङ सुक र उनका पतिलाई स्विट्जरल्यान्डमा अध्ययन गरिरहेका सत्तासीन परिवारका सदस्यको देखभालका लागि खटाइएको थियो । “किम जोङ अन धेरै चकचके त हैन तर अति रिसाहा र असहिष्णु थियो,” कोले किमका बारेमा बताइन् । “आमाले धेर नखेलेर पढ्न अह्राउँदा किम ओठे जवाफ त फर्काउँदैनथियो तर…

Read More

काठमाण्डौ । पूर्व अर्थमन्त्रीहरुले बजेट कार्यान्वयन जटिल देखिएको भन्दै यसले महँगी बढाउने बताएका छन्। धेरै क्षेत्रमा बजेट वितरण गर्न खोजिएको भन्दै उनीहरुले आलोचना गरेका छन्। चालुगत खर्चभन्दा पुँजीगत खर्च धेरै न्यून हुनु र कार्यान्वयन गर्ने आधार झन् कमजोर देखिएको पूर्व अर्थमन्त्रीहरुको भनाइ छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतले हालको बजेटले वित्तीय अराजकता ल्याउने दाबी गरेका छन्। बजेट वक्तव्यपछि आफ्नो धारणा राख्दै महतले भूकम्पको पुनर्निर्माणमा पनि सरकारले जोड नदिएको बताए। बजेटले १०–१५ वर्षसम्मका दीर्घकालीन आयोजना वितरण गर्न खोजेको र त्यसको कार्यान्वयन हराएर जाने खालको रहेको उनले उल्लेख गरे। उपभोगमा जाने खर्च बढेको तर पुँजीगत खर्चमा कार्यान्वयन हुनेगरी बजेट नल्याइएको भन्दै महतले…

Read More

काँकरभिट्टा । आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ झापा जिल्लाले अग्रता कायम गरेको छ । झापाको काँकरभिट्टास्थित काँकरभिट्टा उमाविको मैदानमा आयोजित ४ सय मिटर दौडमा झापाका इर्शाद आलम प्रथम भए । जसमा निराजन अधिकारी उदयपुर दोस्रो र सन्तोष श्रेष्ठ तेस्रो भए । छात्रातर्फ संखुवासभाकी सन्ध्या पुरी प्रथम भइन् भने मोरङकी स्वतिका अधिकारी र झापाकी अञ्जु श्रेष्ठ दोस्रो र तेस्रो भइन् । छात्रको चार गुणा १०० मिटर दौडमा झापा प्रथम भयो । उदयपुर र सिराहा क्रमशः दोस्रो र तेस्रो भए । त्यस्तै, छात्रातर्फ झापा नै प्रथम भयो । सुनसरी र मोरङ दोस्रो र तेस्रो भए ।…

Read More

बिर्तामोड । विश्वप्रसिद्ध ब्राण्डका रुपमा चिनिएको टीभीएस मोटरसाइकलको झापाको बिर्तामोडबाट विक्री वितरण शुरु भएको छ । जगदम्बा मोटर्स प्रालिले बिर्तामोडमा ६३औं डिलरको रुपमा पाथीभरा अटो लिंक सञ्चालन गरी उक्त ब्राण्डको मोटरसाइकलको विक्री वितरण शुरु गरिएको हो । शनिवारबाट सञ्चालनमा आएको पाथीभरा अटो लिंक शोरुमको उद्घाटन झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र १०६ बर्षीय लक्ष्मणबहादुर बस्नेतले संयुक्त रुपमा गरेका थिए । पूर्वाञ्चलवासीलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको पाथीभरा अटो लिंकमार्फत टीभीएस ब्राण्डका ११ वटा मोडलमा रहेका मोटरसाइकलको विक्री वितरण गरिने उद्घाटन समारोहमा जानकारी दिइयो । पाथीभरा अटो लिंकका सञ्चालक हेम खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी…

Read More

नेपाल सरकारले आर्थिक वर्ष २०७३- ०७४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले  १० खर्ब ४८ अर्ब ९२  करोड १३ लाख रुपैयाँको बजेट  प्रस्तुत गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा  ८ खर्ब ८ अर्ब १९ करोड रुपियाँको बजेट प्रस्तुत भएको थियो । पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । सारधारणतर्फ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ,  वित्तीय व्यवस्था तर्फ आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब १९ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

Read More

काठमाडौं । सरकारले प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको छ । प्लाष्टिक तथा प्लाष्टिकजन्य पदाथले प्रदुषण बढाएको साथै वातारणीय सौन्दर्य बिगारेको भन्दै प्लाष्टिकजन्य पदार्थको आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको हो । प्लाष्टिकजन्य उद्योगीलाई वैकल्पिक उद्योगमा लाग्न प्रेरित गर्ने र यसका लागि मेसिनरी सामान भित्र्याउँदा १ प्रतिशत छुट दिने सरकारले घोषणा गरेको छ ।

Read More

काठमाडौं। सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आगामि आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारहरुको स्वास्थ्य उपचारमा सहुलियत दिने बताउनुभएको हो । आगामी तीन वर्षमा सबैको स्वास्थ्य बीमा गर्ने, वीरअस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न बनाउने, बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क दिने तथा ८ प्रकारका रोगको निःशुल्क उपचार सेवा दिनेलगायतका कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।

Read More

सिन्धुपाल्चोकमा बन्दै गरेको नमुना बस्तीमा ६५ वटा घर, एउटा सामुदायिक भवन, तीनवटा पार्क हुनेछन् । ति सबै घर बाल मैत्री, अपांग मैत्री, वातावरण मैत्री, सरसफाईयुक्त हुने धुर्मुशले बताए ।

Read More

काठमाडौं । सरकारले विद्यालयमा सुचना तथा प्रविधिका पूर्वाधार स्थापना गर्न अनुदान दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा सुचना तथा सञ्चार प्रविधि  प्रयोगशालाको स्थापना, स्मार्ट बोर्डको प्रयोग र अन्तरक्रियात्मक विद्युतिय शिक्षण सिकाई पद्धतिको विस्तार गरिने बताउनुभयो । विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्न हेटौंडा नगरपालिकाको मयुरधापमा मदनभण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गरिने उहाँले बताउनुभयो । साथै एक प्रदेश एक मेडिकल कलेजको स्थापनाको अवधारणा अनुरुप आगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने योजना छ ।

Read More