काठमाडौं । सरकारले विद्यालयमा सुचना तथा प्रविधिका पूर्वाधार स्थापना गर्न अनुदान दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा सुचना तथा सञ्चार प्रविधि प्रयोगशालाको स्थापना, स्मार्ट बोर्डको प्रयोग र अन्तरक्रियात्मक विद्युतिय शिक्षण सिकाई पद्धतिको विस्तार गरिने बताउनुभयो । विज्ञान तथा प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्न हेटौंडा नगरपालिकाको मयुरधापमा मदनभण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गरिने उहाँले बताउनुभयो ।
साथै एक प्रदेश एक मेडिकल कलेजको स्थापनाको अवधारणा अनुरुप आगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना कार्य प्रारम्भ गरिने योजना छ ।
Facebook Comments Box