बिर्तामोड । विश्वप्रसिद्ध ब्राण्डका रुपमा चिनिएको टीभीएस मोटरसाइकलको झापाको बिर्तामोडबाट विक्री वितरण शुरु भएको छ ।
जगदम्बा मोटर्स प्रालिले बिर्तामोडमा ६३औं डिलरको रुपमा पाथीभरा अटो लिंक सञ्चालन गरी उक्त ब्राण्डको मोटरसाइकलको विक्री वितरण शुरु गरिएको हो । शनिवारबाट सञ्चालनमा आएको पाथीभरा अटो लिंक शोरुमको उद्घाटन झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र १०६ बर्षीय लक्ष्मणबहादुर बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
पूर्वाञ्चलवासीलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको पाथीभरा अटो लिंकमार्फत टीभीएस ब्राण्डका ११ वटा मोडलमा रहेका मोटरसाइकलको विक्री वितरण गरिने उद्घाटन समारोहमा जानकारी दिइयो ।
पाथीभरा अटो लिंकका सञ्चालक हेम खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, अग्रज पत्रकार लक्ष्मण ढकाल, मेची यातायात संघका अध्यक्ष राजेन्द्र बस्नेत, व्यवसायी दीपककुमार अग्रवाल, महेश शर्मा, अखिल गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पाथीभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटीले स्वागत गरेको कार्यक्रममा टीभीएस मोटरसाइकल खरिदकर्तालाई चावी हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रञ्जीत प्रसाईंले गरेका थिए ।