नेपाल सरकारले आर्थिक वर्ष २०७३- ०७४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ८ अर्ब १९ करोड रुपियाँको बजेट प्रस्तुत भएको थियो ।
पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । सारधारणतर्फ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ, वित्तीय व्यवस्था तर्फ आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब १९ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
Facebook Comments Box