Author: admin

बिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रचारप्रसार बिभाग मेची ब्युरो सदस्य पारस तिम्सिनाले बताए । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको ब्युरो सदस्य तिम्सिनाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाले भने पक्राउबारे केही बताएको छैन । ४ महिना अघि बिप्लव सम्बद्ध माओवादीका झापा सेक्रेटरी बिवस किराँतीसहित ४ जना कार्यकर्तालाई साकम्बरी गुट्खा उद्योग आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको बिनासर्त रिहाइको माग गर्दै…

Read More

काठमाण्डौ । आन्दोलनरत संघीय गठवन्धनको रिले अनसन राजधानीको खुल्ला मञ्चमा आज बुधबार दोस्रो दिन पनि जारी छ । लामो समय देखि आन्दोलन गर्दै आएपनि आफ्ना माग सुनुवाई गर्न सरकार र दलहरु जिम्मेवार नदेखिएको भन्दै गठवन्धनले काठमाडौंमा हिजो मंगलबारदेखि रिले अनसन सुरु गरेको हो । असार मसान्तसम्म जारी रहने रिले अनसनमा गठबन्धन आवद्ध दलका शीर्ष नेता सहभागी हुने बताईएको छ । पहिचान सहित संविधान पुर्नलेखन लगायत विभिन्न २६ बुँदे माग राख्दै गठबन्धनले लामो समय देखि आन्दोलन गर्दै आएको छ । यसअघी गठवन्धनले प्रशासनिक केन्द्र सिंहदरवार र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेको थियो । विभिन्न चरण र प्रकृतिका आन्दोलनपछि पनि सरकारले…

Read More

अमेरिका भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। स्थानीय समय अनुसार मंगलबार बिहान उक्त भेटमा परमाणु अप्रसार, रक्षा, ऊर्जा एवं विकासका विभिन्न सवालमा कुराकानी भएको बताइएको छ। आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ। ओवल अफिसमा भएको भेटवार्तापछि भारत र अमेरिकाले साझा विज्ञप्ति जारी गरी प्यारिसदेखि पठानकोट र ब्रसेल्सदेखि काबुलसम्म हालै भएका आतंकवादी हमलाको निन्दा गरेका छन्। दुवै नेताहरुले चरमपन्थी गतिविधि मानव सम्भ्यताका लागि चुनौती भएको टिप्पणी गरेका छन्। साथै त्यस्ता गतिविधिमा संलग्न हुनेहरुलाई कानुनी कारवाही गर्ने र चरमपन्थी गतिविधिविरुद्ध विश्वव्यापी समर्थन जुटाउन समझदारी दुई नेताहरुले गरेका छन्।…

Read More

झापा । झापाको बिर्तामोडमा आज ट्याक्टरको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ निवासी ३८ वर्षीय श्रवण राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा मे१त ३५३१ नम्बरको ट्याक्टरले मे१ह १४८८ नं को सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गबाट उत्तर जाँदै गरेको ट्याक्टर र सफारी पनि सोही दिशातर्फ जाँदै गर्दा सफारीलाई ट्याक्टरले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते राजवंशीलाई तत्काल उपचारका लागि बिएन्डसी हस्पिटल पुर्याए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक…

Read More

बिर्तामोडस्थित मेची आँखा अस्पतालमा एमाले निकट कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन आज मंगलबार पाँचबुँदे सहमतिसँगै अन्त्य भएको छ ।

Read More

दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

Read More

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार साँझ अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय गुरुङका छोरा किशोर गुरुङका अनुसार पशुपति आर्यघाटमा मंगलबार नै हिन्दू र बौद्ध दुवै विधि अनुसार अन्तिम संस्कार गरिने छ।

Read More

पृथ्वीनगर ,जेठ २५। सुस्त मनः स्थिति सरोकार समाज–नेपालले झापाको पृथ्वीनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा अपाङ्गता परिचय–वितरण गरेको छ । सोमबार पृथ्वीनगर गाविसको सभाहलमा भएको कार्यक्रममा १ सय १३ जनाको स्वास्थ्य परीक्षण र २० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको हो । जिल्ला विकास समिति, झापा र हेरचाहका लागि उत्प्रेरणाको सहयोगमा गरिएको कार्यक्रमको राष्ट्रिय अपाङ्ग महासंघ, जिल्ला समिति झापाको समन्वयमा गरिएको थियो । संस्थाकी अध्यक्ष भागिरथा चापागाईं (शान्ता)को अध्यक्षतामा भएको शिविरमा पृथ्वीनगरका गाविस सचिव मदन कडेँलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ, झापा शाखाका अध्यक्ष सचिन निरौला, पूर्व अध्यक्ष खगेन्द्र भट्टराई, महिला तथा बालबालिका…

Read More

पत्रकार सम्मेलनमा गुरूङको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले भेन्टिलेटरमा कृतिम रूपमा अम्बर गुरूङको मुटुको चाल बढाउने काम नगर्ने चिकित्सकीय निर्णय गरेपछि गुरूङको निधन भएको जानकारी दिएका छन्।

Read More