विर्तामाेड । झापाको विर्तामोडमा आयोजित दुई दिने हरित मेला २०७३ को स्थानीय विकास अधिकारीले मंगलबार समापन गरेका छन् ।
वातावरण संरक्षणका लागि चेतना जगाउने उद्दश्यले वातावरण संरक्षण मञ्च नेपालले उक्त दुई दिने मेलाको आयोजना गरेको हो ।
मेलामा वातावरण संरक्षण तथा पर्यावरण प्रर्वद्धनको क्षेत्रमा पत्रकारिताको माध्ययमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै वातावरण संरक्षण मञ्च नेपालले पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीसहित तीनजनालाई सम्मान गरेको छ । ४४ औं विश्व वातावरण दिवसको अवसर पारेर बिर्तामोडमा सञ्चालित हरित मेला २०७३ को समापन समारोहका वीच सम्पादक गिरीलाई सम्मान गरिएको हो ।
यसैगरी वातावरण संरक्षणका लागि अतुलनीय योगदान दिएकाे भन्दै मेची बहुमुखी क्यामपसका प्राध्यापक डा. कालुराम खम्बु र सिमसार निर्माण गरी बन्यजन्तु तथा जैविक विविधता संरक्षण गरेकाे भन्दै जामुनखाडी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी लाई पनि सम्मान गरिएको थियो ।
सोमवारबाट लागेकाे उक्त मेलाकाे विद्यार्थी तथा अन्य सर्वसाधारण गरि करीब तीन हजार जनाले अवलोकन गरेकाे मञ्चका सचिव नवीन कोइरालाले जानकारी दिए ।
मेलामा ब्याट्रीबाट चल्ने स्कुटर, व्रिकेट कोइला, ह्याण्डिक्राफ्ट लगायतका वातावरणमैत्री सामानहरुका स्टल राखिएका थिए ।
मेलामा बिभिन्न विद्यालयबाट मेला अवलोकन का लागि ल्याइएका विद्यार्थीहरुका लागि जलवायु परिवर्तन र वातावरण सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिएको थियो । त्यस्तै विद्यार्थीहरुलाई लक्षित गर्दै‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन’ विषयमा निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
त्यसैगरि बिशेष अतिथिको रूपमा आएकि मिस नेपाल इन्तरनेशनल वर्षा लेखीका सहित विद्यार्थी र सर्वसाधारण को उपस्थितिमा ‘वातावरण संरक्षण हाम्रो भूमिका’ बिषयक अन्र्तक्रिया समेत गरिएकाे थियाे ।
मेलामा २२ वटा स्टल राखिएका थिए ।




Facebook Comments Box