झापा । झापाको बिर्तामोडमा आज ट्याक्टरको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ निवासी ३८ वर्षीय श्रवण राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका–२ स्थित भित्री सडक खण्डमा मे१त ३५३१ नम्बरको ट्याक्टरले मे१ह १४८८ नं को सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट उत्तर जाँदै गरेको ट्याक्टर र सफारी पनि सोही दिशातर्फ जाँदै गर्दा सफारीलाई ट्याक्टरले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते राजवंशीलाई तत्काल उपचारका लागि बिएन्डसी हस्पिटल पुर्याए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box