बिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ ।
माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रचारप्रसार बिभाग मेची ब्युरो सदस्य पारस तिम्सिनाले बताए । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको ब्युरो सदस्य तिम्सिनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाले भने पक्राउबारे केही बताएको छैन । ४ महिना अघि बिप्लव सम्बद्ध माओवादीका झापा सेक्रेटरी बिवस किराँतीसहित ४ जना कार्यकर्तालाई साकम्बरी गुट्खा उद्योग आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको बिनासर्त रिहाइको माग गर्दै विप्लब माओवादी आन्दोलनमा उत्रेको छ ।
Facebook Comments Box