Author: admin

गाईघाट । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लगिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ । बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि श्ययामा शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतले बताउनुभएको छ ।

Read More

अाज बिहान दमक–६ मा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके केहि पनि असम्भव नरहेको बताए ।

Read More

काठमाण्डाैं ।  सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ। राजधानी दैनिकमा समाचार छ। सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देशन दिएको सरकारले वार्षिक कार्यसम्पादनका आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन लागेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकर्षित बनाउन आगामी आर्थिक वर्ष २०७३÷७४ देखि प्रोत्साहन भत्ता दिने तयारी भइरहेको जनाएको छ। हाल देशभर ३ हजार १ सय ५७ गाविस सचिव छन् भने ७ सय १९ गाविस सचिवबिहीन छन्। सचिवबिहीन भएको गाविसको काम हालसम्म छिमेकी गाविसका…

Read More

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सर्वेक्षण सम्पन्न भइसकेका भूकम्प अति पैभावित ११ जिल्लाका भूकम्पपीडित परिवारलाई आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम छिट्टै उपलब्ध गराउने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । उक्त रकम बैंकमार्फत यथाशीघ्र उपलब्ध गराउन संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्षन्वयन एकाइलाई निर्देशन दिएको हो । आयोगले अनुदान सम्झौता गरिसकेको एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन निर्देशन दिएको हो । प्राधिकरणले सबै वर्गका बैंकहरुमार्फत अनुदान रकम वितरणका लागि सम्बन्धित बैंकका एसोसियसनहरुसँग सम्झौता गरिसकेकाले जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकमार्फत अनुदान वितरणको कार्य अगाडि बढाउन निर्देशन…

Read More

बेइजिङ । चिनियाँ विद्यार्थीहरुले यसैसाता आफ्नो जीवनकै महत्वपूर्ण परीक्षा दिन लागेका छन् । निकै कडाईका साथ लिन लागिएको अमेरिकाको स्याट स्तरको उक्त परीक्षामा चिट चोर्नेलाई काराबास सजाय हुने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । गाओकाओ विश्वविद्यालयको प्रवेश परीक्षामा कारवास सजाय व्यवस्था गरिएको यो पहिलो पटक हो । चीनको माध्यामिकस्तरको अन्तिम परीक्षापछिको यस परीक्षामा चिनिया भाषा, गणित, अंग्रेजीलगायत अन्य इच्छाधीन विषयमा परीक्षा लिइने गरिएको छ । परीक्षामा चिट चोर्नेलाई सात वर्षको काराबास सजाय तोकिएको छ । चीनको राजधानी बेइजिङमा हुन लागेको गाओकाओ परीक्षाका क्रममा प्रत्येक परीक्षा कोठामा कम्तीमा आठ जना प्रहरी समेत हुनेछन् ।

Read More

काठमाडौँ ।  सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ।आजको कारोबार दैनिकमा खबर छापिएको छ। कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन्। यी कम्पनीका लासग म्यानपावर एजेन्सीले मागपत्र ल्याए पनि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिँदैन। कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन्। कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन्। वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टाईले…

Read More

काठमाडौं । संयुक्त राष्ट्रसंघले द्धन्द्धबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाको सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय भएको हो । द्धन्द्धग्रस्त देशहरुमा खटिँदा सर्वसाधरणसँग डिल गर्ने अनुभव र क्षमता सेनामा भन्दा प्रहरीमा राम्रो देखिएको छ ।

Read More

काठमाडौं । पुनर्निमाण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षण र विगतमा सरकारले वितरण गरेको अनुदानको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित देखिएका छन् । कान्तिपुुर दैनिकमा खबर छापिएको छ । उपत्यकाबाहिरको ११ जिल्लामा मात्रै एक लाख २३ हजार ९ सय ६९ परीवार नक्कली पीडित देखिएका हुन् । पुर्ननिर्माण प्राधिकरणका अनुसार उपत्यकाबाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ९६ को पूर्णरुपमा घर क्षति भई अनुदान पाउनेको सूचिमा रहेका छन् । तर, गृहमन्त्रालयले ६ लाख ५६ हजार २ सय ५ जनालाई अस्थायी आवास र न्यानो कपडाका लागि रकम वितरण गरेको थियो । उक्त आधारमा करिब सवा लाख नक्कली…

Read More

नुवाकोट ।  खड्गभन्ज्याङ गाविस– ९ गैरीखोल्सोमा बालुवाको ढिस्काले पुर्दा आज तीन जनाको मृत्यु भएको छ । मध्याह्न १२ बजेतिर बा ३ ख ९७०९ नको मिनीट्रकमा बालुवा खानीबाट बालुवा राख्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा चालक दाङसिङ– ४ का ३५ वर्षीय गङ्गासिह भनिने विकास तामाङ र सहचालक १८ वर्षीय प्रकाश तामाङ तथा खड्गभन्ज्याङ– ९ का कामदार २२ वर्षीय शङ्कर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अग्लो ढिस्कोमुनि ट्रकमा बालुवा भर्ने क्रममा ढिस्को खसेको थियो । ढिस्काले पुरिएको केही क्षणमै उद्धार टोली पुगे पनि पुरिएकाको ज्यान घटनास्थलमै गएको प्रहरीले जनाएको छ । मृतकको शव…

Read More

झापा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिए । मृत्युको कारण खुल्न नसकेको बताइएको छ । गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए ।

Read More