बेइजिङ । चिनियाँ विद्यार्थीहरुले यसैसाता आफ्नो जीवनकै महत्वपूर्ण परीक्षा दिन लागेका छन् । निकै कडाईका साथ लिन लागिएको अमेरिकाको स्याट स्तरको उक्त परीक्षामा चिट चोर्नेलाई काराबास सजाय हुने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
गाओकाओ विश्वविद्यालयको प्रवेश परीक्षामा कारवास सजाय व्यवस्था गरिएको यो पहिलो पटक हो । चीनको माध्यामिकस्तरको अन्तिम परीक्षापछिको यस परीक्षामा चिनिया भाषा, गणित, अंग्रेजीलगायत अन्य इच्छाधीन विषयमा परीक्षा लिइने गरिएको छ ।
परीक्षामा चिट चोर्नेलाई सात वर्षको काराबास सजाय तोकिएको छ । चीनको राजधानी बेइजिङमा हुन लागेको गाओकाओ परीक्षाका क्रममा प्रत्येक परीक्षा कोठामा कम्तीमा आठ जना प्रहरी समेत हुनेछन् ।
Facebook Comments Box