काठमाडौं । पुनर्निमाण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षण र विगतमा सरकारले वितरण गरेको अनुदानको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्प पीडित देखिएका छन् । कान्तिपुुर दैनिकमा खबर छापिएको छ ।
उपत्यकाबाहिरको ११ जिल्लामा मात्रै एक लाख २३ हजार ९ सय ६९ परीवार नक्कली पीडित देखिएका हुन् ।
पुर्ननिर्माण प्राधिकरणका अनुसार उपत्यकाबाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ९६ को पूर्णरुपमा घर क्षति भई अनुदान पाउनेको सूचिमा रहेका छन् ।
तर, गृहमन्त्रालयले ६ लाख ५६ हजार २ सय ५ जनालाई अस्थायी आवास र न्यानो कपडाका लागि रकम वितरण गरेको थियो । उक्त आधारमा करिब सवा लाख नक्कली पीडित देखिएका हुन् ।
Facebook Comments Box