झापा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । उनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिए । मृत्युको कारण खुल्न नसकेको बताइएको छ । गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए ।
Facebook Comments Box