Author: admin

फिलाडेल्फिया (अमेरिका) ।  धेर गुलियो खाएर मान्छे मोटाएका भन्दै अमेरिकाको फिलाडेल्फिया राज्यले गुलियो पेय पदार्थमा कर लगाउने प्रावधान ल्याएको छ । पेय पदार्थ उद्योगले यस्तो प्रावधानलाई रोक्नका लागि करोडौं डलरको अभियान चलाएपनि राज्यले अन्ततः कर लगाउने निर्णय गरेको हो । ‘सोडा कर’ भनी चिनिने यस्तो कर लगाउने फिलाडेल्फिया अमेरिकाको पहिलो प्रमुख शहर हो । यो करका समर्थकहरूका अनुसार यसले १५ लाख जनताको स्वास्थ्यमा सुधार ल्याउनेछ । यो प्रावधान अर्को वर्षको जनवरी महिनामा लागू गरिनेछ भने यसबाट नौ करोड राजस्व उठ्ने अपेक्षा गरिएको छ । फिलाडेल्फिया शहरका मेयर जिम केन्नीले उठेको राजस्व बालबालिकाको विद्यालय, सामुदायिक विद्यालय र मनोरञ्जन केन्द्रमा खर्च गरिने…

Read More

झापा ।  झापाका सात वटा नगरपालिकालाई सडकमा सौर्य वत्ती जडान गर्न सरकारले रु १३ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आर्थिक प्रशासन शाखाले सवै नगरपालिकालाई जनसहभागीतामा आधारित सौर्य सडक वत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । ६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक वत्ती जडानका लागि सरकारले उक्त रकम विनियोजित गरेको उल्लेख छ । सदरमुकाम केन्द्रीत नगरपालिकालाई भने सरकारले वजेट भाषण मार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि ९ अरव रुपैयाँ छुट्याएको छ । जुन वजेट भाषण मार्फत उक्त रकम टुट्टिएको हो । जसमा…

Read More

ग्रेड प्वाइन्ट एभरेज ४ अंक ल्याइन् बुटवल । रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् । सतप्रतिशत ल्याउँदै समीक्षा ‘बोर्ड फस्ट’ भएको दाबी उनको स्कुल र परिवारले गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी ‘बोर्ड फस्ट’ भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् । यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्‍यालीको आयोजना गरेको छ ।

Read More

काठमाडौँ ।  एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार नौ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक (जीपीए) न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् । एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी थिए । परीक्षा दिएकामध्ये ८२.१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् । एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो हो । अयोग्यमा परेका १७.८८ प्रतिशत विद्यार्थीहरूले पनि प्राविधिक शिक्षाअन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् । ‘१.६ जीपीए नल्याउनेलाई पनि प्राविधिकतर्फ व्यावसायिक शिक्षा लिने…

Read More

काठमाडौँ । १९९० देखि अंकनमा आधारित परीक्षाफल प्रकाशन हुँदै आएकोमा यस वर्षदेखि सम्पूर्ण परीक्षार्थीको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशन भएको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ । विद्यार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण नभनी परीक्षार्थीको ज्ञान, सीप र अभिवृद्धिको स्तरलाई प्रत्येक विषयमा नौवटा ग्रेडद्वारा व्याख्या गरिएको छ । ८३ वर्षको एसएलसी परीक्षाको इतिहासमा सबैभन्दा धेरै परीक्षार्थी सहभागी भएको र ६९ दिनमा परीक्षाफल प्रकाशित भयो भने यसै वर्षदेखि कक्षा १० मा लिइने एसएलसी परीक्षाको अन्त्य भएको छ । पढ्न कसैलाई रोकिन्न : सचिव पण्डित परीक्षा बोर्डका अध्यक्षसमेत रहेका शिक्षासचिव विश्वप्रकाश पण्डितले कुनै पनि ग्रेडका विद्यार्थी पढ्नबाट वञ्चित नहुने बताए । कम ग्रेड ल्याएका विद्यार्थीले…

Read More

काठमाडौं । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्।  उनीहरुले निर्णय नसच्याए ५ दिनपछि जसम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो। संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ। संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनी दिए। राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै…

Read More

काठमाडौं । दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ । राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो । द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क तय गरेको हो । आफ्नै जिल्लाबाट नियमति रुपमा पासपोर्ट लिए यसअघिकै ५ हजार मात्र शुल्क लाग्नेछ । १० वर्षसम्मका बालबालिकालाई सबै सेवामा आधा शुल्क मात्र लाग्ने राहदानी विभागले जनाएको छ । बढी शुल्क लिएर न्यून…

Read More

काठमाडौं  । राजधानीको डल्लुस्थित बुद्वज्योती माविबाट एसएलसी परीक्षा दिएका सन्देश पाठकले कुल ४ जीपीएममा ३ दशमलव ९५ ल्याएका छन् । कक्षा एकदेखि नै सोही विद्यालयमा पढेका पाठकले आफूले परीक्षामा लेखेअनुसारको नम्बर पाएको बताए । बाबु सहदेवका अनुसार सन्देश सानैदेखि पढाइमा निकै लगनशील थिए । बाबु सहदेव बालाजुस्थित ग्रामिण आदर्श कलेजलगायत अन्य निजी शैक्षिक संस्थामा अंग्रेजी विषयका शिक्षक हुन भने आमा गृहणी हुन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

Read More

जाजरकोट।  विभिन्न संचारमाध्यममा असार २ गते एसएलसीको परीक्षाफल सार्वजनिक हुने खबर सुनेपछि जाजरकोट ढिमे ५ नाउलीखेतका १६ वर्षे दिनेशकुमार सिंह परीक्षाफल थाहा पाउने व्यग्र प्रतिक्षामा थिए । तर उनले आफ्नो परीक्षाफल सुन्न नपाउँदै यो संसारबाट सदाका लागि विदा लिएका छन् । लक्ष्मीप्राप्ति उच्च माबि खुर्पाबाट एसएलसी दिएका दिनेशको परीक्षाफल प्रकाशित भएकै दिन ज्यान गएपछि उनी पढेको स्कूल र उनको गाउँ शोकमा डुबेको छ । आफन्त सुरेन्द्र शाहीका अनुसार बुधवार घरनजिकै दिदीको मकै गोड्न गएका दिनेशको खुट्टामा एक्कासी चसक्क भएको थियो । त्यसपछि खुट्टा विस्तारै सुन्निदै गयो । टोकेको हो कि के हो छुट्याउनै नसकेपछि गाउँकै धामीले उनको खुट्टा झारफुक गरे ।…

Read More

विर्तामोड । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य, कान्तिपुर दैनिकमा आवद्ध अग्रज पत्रकार एवम् प्रेस क्लव विर्तामोडका अध्यक्ष लीला बराललाई मातृ शोक परेको छ । बरालकी ममतामयी माता चन्द्रकला बरालको ८३ वर्षको उमेरमा विहीवार अपरान्ह ३ बजे विर्तामोड–७ स्थित निजी निवासमा निधन भएको हो । अल्जाइमर्स सम्बन्धी स्वास्थ्य समस्याबाट लामो समयदेखि पीडित चन्द्रकलाको विर्तामोडको मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिदै आएको थियो । उनका जेठा छोरा बद्री बराल र कान्छा छोरा लीला बराल हुन् । सात छोरीहरू कोपिला, कान्ति, निर्मला, बबिता, मञ्जु, नीरु र अम्बिका रहेका छन् । पत्रकार लीला बरालका वुवा चन्द्रप्रसाद बरालको २०४७ साल साउनमा निधन भएको थियो ।…

Read More