काठमाडौं । राजधानीको डल्लुस्थित बुद्वज्योती माविबाट एसएलसी परीक्षा दिएका सन्देश पाठकले कुल ४ जीपीएममा ३ दशमलव ९५ ल्याएका छन् ।
कक्षा एकदेखि नै सोही विद्यालयमा पढेका पाठकले आफूले परीक्षामा लेखेअनुसारको नम्बर पाएको बताए ।
बाबु सहदेवका अनुसार सन्देश सानैदेखि पढाइमा निकै लगनशील थिए ।
बाबु सहदेव बालाजुस्थित ग्रामिण आदर्श कलेजलगायत अन्य निजी शैक्षिक संस्थामा अंग्रेजी विषयका शिक्षक हुन भने आमा गृहणी हुन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
Facebook Comments Box