ग्रेड प्वाइन्ट एभरेज ४ अंक ल्याइन्
बुटवल । रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् ।
सतप्रतिशत ल्याउँदै समीक्षा ‘बोर्ड फस्ट’ भएको दाबी उनको स्कुल र परिवारले गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिजामा उनी ‘बोर्ड फस्ट’ भएको दाबी विद्यालयका प्राचार्य तिलक केसीले गरेका छन् ।
यो खुसियालीमा विद्यालयले शुक्रबार मुर्गियामा खुसियाली र्यालीको आयोजना गरेको छ ।

Facebook Comments Box