झापा । झापाका सात वटा नगरपालिकालाई सडकमा सौर्य वत्ती जडान गर्न सरकारले रु १३ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आर्थिक प्रशासन शाखाले सवै नगरपालिकालाई जनसहभागीतामा आधारित सौर्य सडक वत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो ।
६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक वत्ती जडानका लागि सरकारले उक्त रकम विनियोजित गरेको उल्लेख छ ।
सदरमुकाम केन्द्रीत नगरपालिकालाई भने सरकारले वजेट भाषण मार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि ९ अरव रुपैयाँ छुट्याएको छ ।
जुन वजेट भाषण मार्फत उक्त रकम टुट्टिएको हो । जसमा यो कार्यक्रमका लागि भद्रपुर नगरपालिका परेको छैन् ।
भद्रपुर नगरपालिकालाई वजेट भाषण मार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ विनियोजन गर्ने भनिएको छ ।
झापामा ८ वटा नगरपालिका रहेका छन् । जस मध्ये ७ वटा नगरपालिकाले मात्रै उक्त रकम पाएका हुन् ।
झापामा आएको अनुदान रकम मध्ये बिर्तामोड नगरपालिकालाई बसैभन्दा बढी रहेको छ ।
कुन नगरपालिकालाई कति रकम ?
- मेचीनगरपालिका – रु ४ करोड
- बिर्तामोड – रु ४ करोड ६० लाख
- शनिअर्जुन – रु १७ लाख
- कनकाई – रु ५४ लाख
- शिवसताक्षी – रु १० लाख
- दमक – रु ३ करोड ५० लाख
- गौरादह – रु १६ लाख