Author: admin
काठमाण्डाैं । अफगानिस्तानमा घटना भएलगत्तै सरकारले मलाई काबुल जान निर्देशन दियो । मृतकलाई स्वदेश फर्काएर घाइतेको उपचारको प्रबन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी थियो । हिजो (मंगलबार) पुगेँ । सरकारी निर्देशनअनुसार १२ मृतकको शव बुधबार नेपाल पठाइसकिएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ । थप घाइतेलाई पनि पठाउने तारतम्य मिलाइँदै छ । यो काम सकिएपछि म जतिसक्दो नेपालीसँग भेट्छु । अवस्था बुझ्छु । उनीहरूको सुरक्षाबारे अफगानिस्तान सरकारसँग पनि कुरा गर्छु । सतर्क हुँदँहुँदै पनि अनपेक्षित घटना भएको थियो । नेपालीमाथि यसरी हमला होला भन्ने सोचिएको थिएन । मैले अफगान सरकारको सहयोगमा घटनास्थल…
काठमाण्डाैं । नेपाल वायुसेवा निगमले बुधबार काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको छ । १२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए। नेपाल वायुसेवा निगमको जहाज लिएर बुधबार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो । क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौ। हामी दाजुभाइ नै…
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ बुधबार निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेको थियो । दलहरुबीच यसअघि नै समितिको सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । गुरुङलाई बुधबार नै सभामुख ओनसरी घर्तीले सपथ ग्रहण गराएकी छन् । गुरुङलाई सभापतिमा निर्वाचित गरियोस् भनेर सत्तारुढ एमाले सांसद गणेशमान गुरुङकले प्रस्ताव गरेका थिए भने कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समर्थन गरेका थिए । सुनुवाई समिति नहुँदा न्याय परिषदले नियुक्तिका लागि सिफारिस गरेको प्रधानन्यायाधीश, न्यायाधीश तथा सरकारले नियुक्त गरेका राजदूतहरुको सुनुवाई हुन सकेको थिएन ।
अफगानस्तानको काबुल घटनामा मारिएका नेपालीको शव केही बेरमा आफन्तको जिम्मा लगाइदैछ । काठको बाकशमा ल्याइएका शव विमानबाट निकालिएको छ । केहीबेरमै शव आफन्तको जिम्मा लगाइने छ।
नारीको सम्मान र छोरीको महत्वको सम्बन्धमा आजकल सामाजिक सञ्जालमा पोस्ट गरिएका कैयौं लेखहरु, भनाईहरु र रचनाहरु पढ्दा लाग्छ, विभेद कहाँ छ ? छोरी नै नभए बुहारी कहाँबाट ल्याउछौं ? यो एउटा पंक्ति पढेपछि झन् मन गदगद हुन्छ । गहिरिएर पढ्ने हो भने यो एउटा पंक्ति नै पर्याप्त छ, छोरा र छोराको सहअस्तित्वको महत्व दर्शाउनका निम्ति । तर हरेक सिक्काको दुई पाटा भए झैँ हरेक दिन यिनै सामाजिक सञ्जालमा भेटिने कैयौ पोस्टहरुका शिर्षकहरु हुन्छन्, ‘छोरा पाउने अचुक उपाय’, ‘छोरा पाउने फर्मूला’, ‘गर्भमा रहेको सन्तान छोरा वा छोरी भएको थाहा पाउने तरिका’ आदि इत्यादि । आफू उभिएको जमिननै भासिएको अनुभव हुन्छ आफैंलाई…
अफगानिस्तानको आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको विमान काठमाडौं अवतरण गरेको छ ।
काठमाण्डौ । संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलामा परी १२ जना नेपालीसहित १४ जनाको मृत्यु भएकोमा दु:ख व्यक्त गरेका छन्। मुनले उक्त घटनामा ज्यान गुमाउने मृतकप्रति श्रद्धञ्जली समेत व्यक्त गरेका छन्। उनको प्रवक्ताद्वारा जारी विज्ञप्ती अनुसार उनले यस्ता अमानविय घटनामा सामेल रहेकालाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
काठमाडौं, ८ असार। प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव बुझ्न आफैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने भएका छन् । आफैँ उपस्थित भएर प्रधानमन्त्रीले मृतक र घाइतेका परिवारप्रति सहानुभूति देखाउन खोजेको स्रोतको भनाइ छ । ‘दुःखदायी घटना हुँदा सरकार प्रमुखहरूले देखिनेगरी सहानुभूति जनाउने परम्परा छ । यसबाट पीडितहरूको परिवार र सिंगो समाजमा सकारात्मक सन्देश जाने विश्वास छ’, स्रोतले भन्यो ।
काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको विमान दिउँसो २ः४० बजे काठमाडौं उत्रने भएको छ । नेपाल एयरलाइन्सको चार्टर विमान विशेष टोली सहित बुधबार बिहान काबुल गएको थियो । विमान बिहान ११ बजे काठमाडौं अवतरण गर्ने भनिए पनि तेल भर्न, प्राविधिक कारण र पहिलोपटक विमान पुगेकाले प्रशासनिक कामका कारणले विमान फर्कन ढिला भएको वायु सेवा निगमका फ्लाइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिए। सोमबार काबुलमा भएको आत्मघाती विस्फोट १२ जना नेपालीको ज्यान गएको थियो ५ जना घाइते भएका थिए ।
काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको विमानमा २४ जना नेपाली पनि स्वदेश फर्कदै छन् । शव लिन गएको नेपाल एयरलाइन्सको चार्टर विमानमा २४ जना नेपाली स्वदेश फर्किएका वायु सेवा निगमका फ्याइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिए। फर्कने २४ जनाको नाम ठेगाना खुलेको छैन । उनीहरु काबुलमा नै विभिन्न ठाउँमा कार्यरत थिए । गत सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा परेर १२ जना नेपालीको ज्यान गएपछि सुरक्षाका कारण उनीहरु स्वदेश फर्किन लागेका हुन् । परराष्ट्र मन्त्रालयले घाइते सहित नेपाल आउन ईच्छुक व्यक्तिलाई विमानको क्षमताले भ्याएसम्म स्वदेश ल्याइने जनाएको थियो ।