काठमाण्डौ । संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले अफगानिस्तानको काबुलमा भएको आत्मघाती हमलामा परी १२ जना नेपालीसहित १४ जनाको मृत्यु भएकोमा दु:ख व्यक्त गरेका छन्।
मुनले उक्त घटनामा ज्यान गुमाउने मृतकप्रति श्रद्धञ्जली समेत व्यक्त गरेका छन्।
उनको प्रवक्ताद्वारा जारी विज्ञप्ती अनुसार उनले यस्ता अमानविय घटनामा सामेल रहेकालाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
Facebook Comments Box