काठमाण्डौं । अफगानस्तानको काबुल घटनामा मारिएका नेपालीको शव केही बेरमा आफन्तको जिम्मा लगाइदैछ ।
काठको बाकशमा ल्याइएका शव विमानबाट निकालिएको छ ।
केहीबेरमै शव आफन्तको जिम्मा लगाइने छ।
प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति विमानस्थलमा
विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री कमल थापासहित विशिष्ट व्यक्तिहरू अहिले त्रिभुवन विमानस्थलमा पुगेका छन्। मृत्यु भएका आफन्तहरूको अहिले विमानस्थलमा भीड लागेको छ।
त्यस्तै प्रधानमन्त्री ओलीले अफगानस्तानवाट फर्किएका अन्य नेपाली कामदारलाई हात मिलाएर स्वागत गरेका छन् । बिहानै देखी शव बुझ्न एयरपोर्ट पुगेका आफन्तको भीड लागेको छ ।
Facebook Comments Box