काठमाडौं, ८ असार। प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव बुझ्न आफैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने भएका छन् ।
आफैँ उपस्थित भएर प्रधानमन्त्रीले मृतक र घाइतेका परिवारप्रति सहानुभूति देखाउन खोजेको स्रोतको भनाइ छ । ‘दुःखदायी घटना हुँदा सरकार प्रमुखहरूले देखिनेगरी सहानुभूति जनाउने परम्परा छ । यसबाट पीडितहरूको परिवार र सिंगो समाजमा सकारात्मक सन्देश जाने विश्वास छ’, स्रोतले भन्यो ।
Facebook Comments Box