काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको विमान दिउँसो २ः४० बजे काठमाडौं उत्रने भएको छ ।
नेपाल एयरलाइन्सको चार्टर विमान विशेष टोली सहित बुधबार बिहान काबुल गएको थियो । विमान बिहान ११ बजे काठमाडौं अवतरण गर्ने भनिए पनि तेल भर्न, प्राविधिक कारण र पहिलोपटक विमान पुगेकाले प्रशासनिक कामका कारणले विमान फर्कन ढिला भएको वायु सेवा निगमका फ्लाइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिए।
सोमबार काबुलमा भएको आत्मघाती विस्फोट १२ जना नेपालीको ज्यान गएको थियो ५ जना घाइते भएका थिए ।
Facebook Comments Box