काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएकाहरुको शव लिन गएको विमानमा २४ जना नेपाली पनि स्वदेश फर्कदै छन् ।
शव लिन गएको नेपाल एयरलाइन्सको चार्टर विमानमा २४ जना नेपाली स्वदेश फर्किएका वायु सेवा निगमका फ्याइट अप्रेसन अधिकृत एसपी अधिकारीले जानकारी दिए।
फर्कने २४ जनाको नाम ठेगाना खुलेको छैन । उनीहरु काबुलमा नै विभिन्न ठाउँमा कार्यरत थिए । गत सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा परेर १२ जना नेपालीको ज्यान गएपछि सुरक्षाका कारण उनीहरु स्वदेश फर्किन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले घाइते सहित नेपाल आउन ईच्छुक व्यक्तिलाई विमानको क्षमताले भ्याएसम्म स्वदेश ल्याइने जनाएको थियो ।
Facebook Comments Box