Author: admin

भोजपुर ।  वर्षात्को कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई यहाँका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त वस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै आजदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ । सङ्घका अध्यक्ष गोपाल तामाङले वर्षात्को कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुृर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताए । प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गरिने…

Read More

झापा ।  झापाका  गायक सिमान्त सन्तोषले अाफ्नाे नयाँ गीत ‘जुनी जुनी’को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् । निशा क्षेत्री कटुवालको शब्द रचना रहेको यो गीतलाई दिपक शर्माले संगीत भरेका हुन । म्युजिक भिडियोमा र्चचित हाँस्य गायक तथा कलाकार श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ले समेत अभिनय गरेका छन । विशाल भण्डारीको निर्देशनमा तयार पारिएको यो भिडियोमा बोकेदारी संगै सम्पदा बानीँया, प्रमिला दाहाल र गायक सिमान्त सन्तोष स्वयमले पनि अभिनय गरेका छन । अमृत सुनुवारको छायाङ्कन रहेको यस भिडियोलाई निषान घिमीरे सम्पादन गरेका हुन । हेर्नुहाेस् भिडियाे : https://www.youtube.com/watch?v=-tV0SaKCCJI

Read More

कोलिफोर्निया ।  विना हात र विना खुट्टाको जिन्दगी कस्तो होला ? के तपाईं यस्तो जिन्दगी विताउने कल्पना गर्न सक्नुहुन्छ ? शरीरमा केही कमी आउने वित्तिकै त हामी अभाव महसुस गर्छौँ । तर, निक युजिकिक लाखौ मानिसलाई अगाडि बढाउने प्रेरणा बनेका छन् । उनले कहिले पनि हात र खुट्टाको महसुस गर्न पाएन्न्, किनभने जन्मदा नै यस्तै थियो उनको शरीर । निकलाई तपाईंले अाफ्नो युट्युवमा मोटिभेशलन स्पीकरका रुपमा देख्नु नै भएको होला । तपाईंलाई निक मन परेको पनि होला । तर, उनको नीजि जिन्दगी धेरै चाखलाग्दो छ । निक र कायने मियाहाराको गजवको प्रेम कथा इन्टरनेटमा पढ्नु भएको पनि होला । जन्मदै हात…

Read More

भद्रपुर ।  वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिकाका वडा सचिव याम बहादुर ठकुरीको अध्यक्षतामा वडाका शौचालय विहिन घरहरुमा घरदैलो कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नागरिक मञ्च वडा नंं. ८ का संयोजक रेमनाथ चुडाल, वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङ, मञ्चका उपाध्यक्ष रमेश राजवंशी, वडा नागरिक मञ्च उपाध्यक्ष मेनुका शर्मा दाहाल, ने.क.पा. संयुक्तका महेन्द्र लावती, सामाजिक परिचालक रेणु गुरुङ लगायतको उपस्थिति रहेको थियो । वातावरण संरक्षण मञ्च नेपालको अगुवाईमा भद्रपुर नगरपालिकाका ८,९ र १४ वडाहरु यसै आर्थिक वर्षमा खुल्ला दिसामुक्त वडा…

Read More

काठमाण्डाैं  ।     संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ। कान्तिपुर दैनिकमा समाचार छ। महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन्। सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो। लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो। ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौंमा सकिएको छ। दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ। सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौंमा हुँदैछ। ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन्। पूर्वपरराष्ट्रमन्त्री डा. भेषवहादुर…

Read More

एजेज्सी ।    इंग्ल्याण्डका प्रशिक्षक रोय हडसनले राजीनामा दिएका छन् । युरोकपको अन्तिम १६ मा आइसल्याण्डसँगको अप्रत्यासित हारपछि हडसनले इंग्ल्याण्डको प्रशिक्षक पदबाट राजिनामा दिएका हुन् । ६८ वर्षका हडसन सन् २०१२ को मेमा इंग्ल्याण्डको प्रशिक्षकमा नियुक्त भएका थिए । चार वर्षको अवधिमा हडसनको प्रशिक्षणमा इंग्ल्याण्डले मुख्य प्रतियोगिताका अन्तिम चरणका ११ खेलमा तीनमा मात्रै जित हात पार्‍यो । मात्रै तीन लाख ३० हजार जनसंख्या भएको तथा विश्व बरियतामा ३४ औं स्थानमा रहेको आइसल्याण्डसँगको हार उनको प्रशिक्षणमा भएको सबैभन्दा अप्रत्यासित हार हो । युरोकपको अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा नवप्रवेशी आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराएको हो । खेलपछि राजीनामाको घोषणा…

Read More

संखुवासभा ।    माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन। बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ। अन्नपूर्ण पोस्टमा समाचार छ। कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका छन्। जिल्लाको स्याबुन-३ र ४ मा रहेको सुन्दर अलैची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी झै पनि माओवादी कब्जामै छ। त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका…

Read More

काठमाण्डाैं ।    संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। इन्जिनियर्स, सैनिक प्रहरीलगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन्। थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ। मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्नेछन्। राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जाँदै छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन्। त्यहाँ ६४ सैनिक पठाउने तयारी छ। सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन्। त्यहाँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत…

Read More

काठमाडौं  ।  सोमबार राति खसेको पहिरोका कारण काठमाडौं–चरिकोट चल्ने गाडी अवरुद्ध भएका छन् । दोलखाको लाखुरी डाँडा–९ झिंगानेमा पहिरो खसेपछि चरिकोट–काठमाडौं ओहोरदोहोर गर्ने गाडी अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । वर्षा लागेसँगै देशका धेरैजसो ठाउँमा पहिरो खस्न थालेको छ । भूकम्प अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, रामेछाप लगायतका जिल्लामा पहिरोको उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

Read More

काठमाण्डौं । जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न चार जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले न्यायाधीब बमको हत्याको मुख्य योजनाकार मेघबहादुर थापा र दीपकुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले करण भनिने शिव चौधरी र भगवान भनिने संजय स्माइली मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । हत्याकाण्डका अर्का अभियुक्त प्रेम खड्कालाई भने पाँच वर्षको कैद सजाय सुनाएको छ । चुरे भावरको पार्टी आधिकारिकता विवादमा न्यायाधीश बमको फैसला चित्त नबुझेपछि मेघबहादुरको योजनामा २०६९ साल जेठ १८ गते न्यायधीस बमको गोली हानेर हत्या भएको थियो ।

Read More