भद्रपुर । वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
भद्रपुर नगरपालिकाका वडा सचिव याम बहादुर ठकुरीको अध्यक्षतामा वडाका शौचालय विहिन घरहरुमा घरदैलो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा नागरिक मञ्च वडा नंं. ८ का संयोजक रेमनाथ चुडाल, वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङ, मञ्चका उपाध्यक्ष रमेश राजवंशी, वडा नागरिक मञ्च उपाध्यक्ष मेनुका शर्मा दाहाल, ने.क.पा. संयुक्तका महेन्द्र लावती, सामाजिक परिचालक रेणु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
वातावरण संरक्षण मञ्च नेपालको अगुवाईमा भद्रपुर नगरपालिकाका ८,९ र १४ वडाहरु यसै आर्थिक वर्षमा खुल्ला दिसामुक्त वडा घोषणा गर्ने तयारी भएको मञ्चका सदस्य प्रदीप राजवंशीले बताए ।

Facebook Comments Box