काठमाण्डौं । जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न चार जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले न्यायाधीब बमको हत्याको मुख्य योजनाकार मेघबहादुर थापा र दीपकुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको हो ।
यस्तै अदालतले करण भनिने शिव चौधरी र भगवान भनिने संजय स्माइली मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
हत्याकाण्डका अर्का अभियुक्त प्रेम खड्कालाई भने पाँच वर्षको कैद सजाय सुनाएको छ । चुरे भावरको पार्टी आधिकारिकता विवादमा न्यायाधीश बमको फैसला चित्त नबुझेपछि मेघबहादुरको योजनामा २०६९ साल जेठ १८ गते न्यायधीस बमको गोली हानेर हत्या भएको थियो ।
Facebook Comments Box