काठमाडौं । सोमबार राति खसेको पहिरोका कारण काठमाडौं–चरिकोट चल्ने गाडी अवरुद्ध भएका छन् ।
दोलखाको लाखुरी डाँडा–९ झिंगानेमा पहिरो खसेपछि चरिकोट–काठमाडौं ओहोरदोहोर गर्ने गाडी अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।
वर्षा लागेसँगै देशका धेरैजसो ठाउँमा पहिरो खस्न थालेको छ । भूकम्प अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, रामेछाप लगायतका जिल्लामा पहिरोको उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।
Facebook Comments Box