Author: admin

एजेन्सी । टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३२ जनाको ज्यान गएको छ । युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३२ जनाको ज्यान गएको हो । घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको देखिने अधिकारीलहरुले बताएका छन् । आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको…

Read More

झापा ।   खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि झापाकाे शान्तिनगरमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा जिल्ला विकास समिति झापाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा खुल्ला दिसाका असरहरु सम्बन्धी डकुमेन्ट्री प्रदर्शनी, प्रेजेनटेशन मार्फत् हाल नेपालमा सरसफाईको अवस्था र झापा जिल्लामा शौचालयको अवस्था र शौचालयको आवश्यकताबारे प्रस्ट्याइएको थियो । शान्तिनगरको मंगलबारे बजार व्यवस्थापन समितिको सभाहलमा भएको कार्यक्रममा वातावरण संरक्षण मञ्चका अध्यक्ष तथा प्रशिक्षक हैकम घिसिङले सहजीकरण गरेका थिए भने वडा नागरिक मञ्च वडा नं. १ ख का संयोजक होम प्रसाद कार्की, वडा नागरिक मञ्च वडा नं. १ ग का संयोजक मान बहादुर तामाङ, बजार व्यवस्थापन समिति सचिव…

Read More

काठमाण्डौं ।  एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तीहरुलाई सम्मान गरिएको छ । चिकित्सा र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेबापत डाक्टर भगवान कोइराला र महावीर पुनलाइ जनही एक लाख एक रुपैयाँको पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, यसवर्षको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट प्राध्यापक पि खरेललाई सम्मान गरिएको छ । वि.स. २००९ सालमा जन्मिएका मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

Read More

काठमाण्डौं ।  मलेसियामा कामदारको न्युनतम् पारिश्रमिकमा वृद्धि भएको छ । २०१६ को बजेटमार्फत शुक्रबार देखि लागू हुनेगरि बढाइएको तलव अनुसार अव ९ सय २० देखि एक हजार रिंगेट तोकिएको छ । मलेसिया सरकारले तीन वर्ष पछि एक सय रिंगेट तलव बढाएको हो । यस अघि न्युनतम तलव ८ सय २० देखि ९ सय रिंगेट तोकिएको थियो । नयाँ नियम सँगै प्रतिघण्टा न्युनतम् ४.४२ देखि ४.८१ रिंगेट तलव पाउने छन् । यो पारिश्रमिक सबै क्षेत्रका मजदुरको हकमा लागू हुने मलेसियाको दि स्टारले जनाएको छ । होटल क्षेत्रमा पहिले नै यो नियम ल्याइएको भएपनि कार्यन्वयन भएको छैन । मलेसियाको रोजगार दाता महांसघले…

Read More

काभ्रे ।  गएको वर्ष भूकम्पमा परेर क्षति भएका चार विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले झण्डै १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले ढुंखर्कको पार्वती उच्च माध्यमिक विद्यालय, बल्थलीको कमलादेवी जनप्रिय माध्यमिक विद्यालय, च्याम्राङबुशीको चक्रेश्वर माध्यमिक विद्यालय र भक्तपुरको एक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । पार्वती उच्च माध्यमिक विद्यालयमा रकम हस्ताननरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधीले सरकारले भूकम्प पीडितलाई सरकारले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो । ह्याण्ड नेपालको तर्फबाट अध्यक्ष एलेन डुपेन र चिनियाँ दुतावासले आर्थिक सहयोग गर्नुभएको थियो ।

Read More

काठमाण्डौँ ।   व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ । भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबिच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै बेलुका ५ : ३० का लागि सारिएको थियो । संसद् सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार विशेष कारणवश संसद्को बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको उल्लेख छ । प्रमुख राजनीतिक दलका नेता सम्मिलित कार्यदलले अनुदान रकमको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगन भएको नेकपा एमालेका सांसद गंगालाल तुलाधरले जानकारी दिनुभयो । अवरुद्ध सदन खुलाउने विषयमा सहमति…

Read More

काभ्रे ।  काभ्रेको फोक्सिङटार–३ आग्रेटारका ३० वर्षे उत्तम मोक्तान तामाङले ५० घण्टा १५ मिनेट योग गरेर विश्व किर्तिमान कायम गर्नुभएको छ । यसअघि भारतीय नागरिक योगराज सीपीले हङकङमा निरन्तर ४० घन्टा १५ मिनेट योग म्याराथन गरेर बनाएको विश्व कीर्तिमान तोड्दै ५० घण्टा १५ मिनेट योग गर्नुभएको हो । वाल्मीकि विद्यापीठको योग विभागको सहयोगमा विश्व दर्शन अभियान नेपालले कीर्तिमान राख्नका लागि पहल गरेको थियो । आठ वर्षअघि डा. योगी विकासानन्दको मनोक्रान्तिबाट योग साधनाका क्षेत्रमा प्रवेश गरेका मोक्तानले झापा र मोरङका भुटानी शरणार्थी शिविरमा साढे तीन वर्ष योग प्रशिक्षण सञ्चालन गरेका थिए । त्यसपछि उनी २०६९ सालमा भारतको बैङ्लोरस्थित विवेकानन्द योग विश्वविद्यालयबाट योगमा…

Read More

काठमाण्डौं ।  विद्युत प्रधिकारणमा जागिर लगाइ दिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर बस्दै आएका सप्तरी राजविराज–१ का आसुकुमार आसले आफू विद्युत प्राधिकरणको छैटौं तहको कर्मचारी भएको बताउँदै प्राधिकरणमा जागिर लागाई दिने भनेर सप्तरीका दिपेन्द्र यादवबाट १० लाख रुपैयाँ लिएका थिए । १० लाख रुपैयाँ लिएर आस सम्र्पकबिहिन भएपछि पीडित यादवले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । उनलाई प्रहरीले मंगलबार काठमाडौंको बल्खुबाट पक्राउ गरेको हो । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डौँ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले भारतबाट भित्रिने सामानमध्ये १० प्रतिशत गुणस्तरहीन रहेको जनाएको छ ।विभागले गरेको अध्ययनअनुसार भारतबाट नेपाल भित्रिने सिमेन्ट, फलामको छड, रेगुलेटरलगायतका वस्तु कम गुणस्तर हुने गरेका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भारतबाट भित्रिएका सामान राम्रो भने पनि केही गुणस्तरहीन रहेको बताउनुभयो । विभागले यस आवमा ४० वटा उद्योगका वस्तु मापदण्ड पूरा नगरी सामान उत्पादन गरेको भेट्टाएको छ । गत आवमा ३४ वटा उद्योगले मापदण्ड पूरा नगरी सामान उत्पादन गरेका थिए । यसरी मापदण्ड पूरा नगरी उत्पादन गरेका उद्योगका वस्तुलाई इजाजत निलम्बन, विक्रि वितरणमा रोक लगाएको पुडासैनीको भनाइ छ । सुरुमा उद्योग मन्त्रालयअन्तर्गत एक छुट्टै…

Read More