काभ्रे । गएको वर्ष भूकम्पमा परेर क्षति भएका चार विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले झण्डै १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाले ढुंखर्कको पार्वती उच्च माध्यमिक विद्यालय, बल्थलीको कमलादेवी जनप्रिय माध्यमिक विद्यालय, च्याम्राङबुशीको चक्रेश्वर माध्यमिक विद्यालय र भक्तपुरको एक विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
पार्वती उच्च माध्यमिक विद्यालयमा रकम हस्ताननरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधीले सरकारले भूकम्प पीडितलाई सरकारले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
ह्याण्ड नेपालको तर्फबाट अध्यक्ष एलेन डुपेन र चिनियाँ दुतावासले आर्थिक सहयोग गर्नुभएको थियो ।
Facebook Comments Box