झापा । खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि झापाकाे शान्तिनगरमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा जिल्ला विकास समिति झापाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा खुल्ला दिसाका असरहरु सम्बन्धी डकुमेन्ट्री प्रदर्शनी, प्रेजेनटेशन मार्फत् हाल नेपालमा सरसफाईको अवस्था र झापा जिल्लामा शौचालयको अवस्था र शौचालयको आवश्यकताबारे प्रस्ट्याइएको थियो ।
शान्तिनगरको मंगलबारे बजार व्यवस्थापन समितिको सभाहलमा भएको कार्यक्रममा वातावरण संरक्षण मञ्चका अध्यक्ष तथा प्रशिक्षक हैकम घिसिङले सहजीकरण गरेका थिए भने वडा नागरिक मञ्च वडा नं. १ ख का संयोजक होम प्रसाद कार्की, वडा नागरिक मञ्च वडा नं. १ ग का संयोजक मान बहादुर तामाङ, बजार व्यवस्थापन समिति सचिव वीर बहादुर बस्नेत, वडा नागरिक मञ्च सदस्य दावा तामाङ लगायतले बोलेका थिए ।
कार्यक्रममा कुल ५४ शौचालय विहिन घरमुलीहरुको उपस्थिति रहेको थिया ।