काठमाण्डौं । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तीहरुलाई सम्मान गरिएको छ ।
चिकित्सा र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेबापत डाक्टर भगवान कोइराला र महावीर पुनलाइ जनही एक लाख एक रुपैयाँको पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, यसवर्षको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट प्राध्यापक पि खरेललाई सम्मान गरिएको छ ।
वि.स. २००९ सालमा जन्मिएका मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
Facebook Comments Box