काठमाण्डौं । विद्युत प्रधिकारणमा जागिर लगाइ दिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर बस्दै आएका सप्तरी राजविराज–१ का आसुकुमार आसले आफू विद्युत प्राधिकरणको छैटौं तहको कर्मचारी भएको बताउँदै प्राधिकरणमा जागिर लागाई दिने भनेर सप्तरीका दिपेन्द्र यादवबाट १० लाख रुपैयाँ लिएका थिए ।
१० लाख रुपैयाँ लिएर आस सम्र्पकबिहिन भएपछि पीडित यादवले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । उनलाई प्रहरीले मंगलबार काठमाडौंको बल्खुबाट पक्राउ गरेको हो । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box