Author: admin
सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको चुनाव आगामी साउन १४ गते हुने भएको छ । बिहीबार बसेको कनकाई उवा संघ कार्यसमिति र निर्वाचन समितिको संयुक्त बैठकले निर्वाचनको मिति तोकेको हो । निर्वाचन सम्पन्न गर्न भवानी मैनालीको संयोजकत्वमा विकासप्रसाद उप्रेती र दुर्गाप्रसाद प्रसाई रहेको निर्वाचन समिति गठन गरिएको छ । बिहीबार नै निर्वाचन समितिको बैठक बसी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कनकाई उद्योग वाणिज्य संघ झापाको विधान–२०७१ (प्रथम संशोधन–२०७३) को परिच्छेद ५ को दफा २३ ‘ग’ मा व्यवस्था भए बमोजिम यस संघको आगामी दुई वर्षे कार्यकालका लागि २ जना महिला सदस्य अनिवार्य रहने गरी अध्यक्ष १, वाणिज्य उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, महासचिव १, वाणिज्य सचिव…
ताप्लेजुङ । ताप्लेजुङको घुन्सा खोलामा आएको बाढीले पुल बगाएपछि २२ परिवार जंगलमा फसेका छन् । लेलेपको बेसक्याम क्षेत्रको रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रका २२ परिवार जंगलमा फसेका हुन् । चाैरी गोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दा शेर्पाले बताए । पुल बगाएपछि यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या भएको छ । शेर्पाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो । ‘बिहीबार घुन्साबासी सबैले गएर हेरेका थियौँ तर कुनै उपाय नभएपछि फर्किएर आयौँ’…
एजेन्सी । एक झुप्पा अंगुर ११ लाख ८७ हजारमा बिक्री भयो भन्दा सहजै विश्वास हुँदैन । तर जापानमा एक झुप्पा अंगुरलाई ११ हजार अमेरिकी डलर अर्थात झण्डै ११ लाख ८७ हजार रुपैयाँमा बिक्री भएको छ । जापानमा फलफूल सामान्यतया महंगै मानिन्छ र फलफूललाई प्रतिष्ठासँग जोडेर समेत हेरिन्छ । तर एक झुप्पा अंगुरकै यति मंहगो मूल्य भने नयाँ रेकर्ड नै हो । पश्चिमी जापानको एउटा सुपरमार्केटका मालिकले ३० वटा दाना भएको एक गुच्छा अंगुरलाई यति धेरै पैसा तिरेको बिबिसीमा खबर छ । यो अंगुर जापानको इशिकावामा खेती गरिने सबैधन्दा मिठो जातको अंगुर हो । सुपरमार्केटका मालिक टाकामारुले त्यति मंहगोमा किनेको…
टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको डल्लास शहरमा स्थानीय समय अनुसार बिहीवार बेलुका हिंसाविरुद्धको विरोध प्रदर्शनका क्रममा गोली चलेपछि चारजना प्रहरी अधिकारीहरूको मृत्यु भएको छ । उक्त प्रदर्शनका क्रममा ११ जना प्रहरीमाथि गोली चलेको अधिकारीहरूले बताएका छन् । गोली लागेकामध्ये केही विभागीय अधिकारी पनि रहेका छन् । प्रहरी विभागले जारी गरेको एक फोटोमा देखिएको लामो राइफल बोकेको एक व्यक्तिले आत्मसमर्पण गरेको छ, अधिकारीहरूले बताए । उक्त व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको नगरेको खुलेको छैन । गोली चलाउने व्यक्ति भनी आशंका गरिएको अर्को व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । उक्त व्यक्तिले प्रहरीहरूलाई गोली हानेको थियो । एउटा शंकास्पद वस्तु पनि घटनास्थलमा फेला…
काठमाण्डौं । संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको बिहान बसेको बैठकले यादवको सुनुवाई गर्दै उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेपछि यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ । संसदीय सुनुवाई पनि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । आफ्नो नाम अनुमोदनपछि यादवले २०७४ सालभित्र गर्नुपर्ने स्थानीय तह, प्रदेश र संसदीय चुनावका लागि आयोग तयार रहेको बताए । आफु निष्पक्ष रुपमा काम गर्न तयार रहेको पनि उनले बताए । कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाई भने पर्सि आइतबार हुनेछ ।
बिर्तामोड । नेपाल प्रेस युनियन झापाले आगामी साउन ६ गते ३४औं वीपी स्मृति दिवसको अवसर पारेर बिर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । युनियनका अध्यक्ष कृष्ण हुमागाईंको अध्यक्षतामा बिहिबार बसेको बैठकले नेपाली कांगे्रसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ । बैठकले युनियनका कार्यवाहक सचिव गिरिराज भट्टराइलाई सचिवमा मनोनयन गरेको छ । सचिव उमाकान्त खनालले कार्यव्यस्तताको कारण देखाउँदै झण्डै एक वर्ष अघि राजिनामा दिएपछि भट्टराईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको प्रेस युनियन झापाका सदस्य नगेन्द्रमणि न्यौपानेले जानकारी दिए ।
भद्रपुर । भद्रपुर नगर क्षेत्रका उपभोक्तालाई सचेत र अधिकार सम्पन्न बनाउन एक दिवसीय सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । उपभोक्ता हक हित संरक्षण मञ्च झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक नगर सचेतनामूलक प्रशिक्षण सम्पन्न गरिएको हो । जिल्ला प्रशासन कार्यलय झापाका प्रशासकीय अधिकृत तेजेन्द्र गौतम र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत गोपाल लिम्वुले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा उपभोक्ता हक हित संरक्षण मञ्चका केन्द्रीय सदस्य राजेन्द्र घिमिरे , समाज सेवी दुर्गाप्रसाद भट्टराई लगायतले बाेल्दै दैनिक उपभोग्य साग्रीहरुको प्रयोग गर्ने प्रत्येक उपभोक्ताको हक भएको भन्दै स्थानीय प्रशासनले निरन्तर अनुगमन गर्दै उपभोक्ता ठग्ने व्यापारी…
एजेन्सी । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको शिया मुस्लिम धर्मावलम्बीको पवित्र स्थल शिया सिर्नेमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको बिबिसीले जनाएको छ । मानिसहरुले इद मनाइरहेका बेला एक जनाले आत्मघाती बम बिस्फोट गराएको र केही व्यक्तिले अन्धाधुन्ध गोलि चलाएका थिए । विस्फोटक पदार्थले भरिएको पेटी बाँधेका आक्रमणकारीले आत्मघाती विस्फोट गराए लगत्तै बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाएका त्यहाँको प्रहरीले जनाएको छ । यसअघि गएको आइतबार बग्दादमै भएको एक आक्रमणमा ३ सय जनाले ज्यान गुमाएका थिए ।
भद्रपुर । वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको साझेदारीमा सतमिलन महिला समुहको सभाहलमा खुल्ला दिसामुक्त क्षेत्र सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाका ३ वटा वडाहरुलाई असार मसान्तभित्र खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका वडा सचिव याम बहादुुर ठकुरी, वडा नागरिक मञ्च वडा नं. ९ संयोजक रेमनाथ चुडाल, मेघा नागरिक सचेतना केन्द्र वडा नंं. ९ की संयोजक कुमारी राई, सतमिलन महिला समूहकी अध्यक्ष मञ्जु दाहाल, नेकपा संयुक्तका महेन्द्र लावती, विष्णु पञ्चायनका अध्यक्ष उषा भूर्तेल, सामाजिक परिचालक रेणु गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा खुल्ला दिसाका असरहरुबारे वृत्तचित्र तथा प्रेजेनटेसनबाट वातावरण…
काठमाण्डौ । सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। कोटोश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार वा सहमतिय सरकार बनाउने निर्णय गरेको हो। एमालेसित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारी कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने निर्णय माअोवादी केन्द्रले गरेको छ। केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगातयका तीन…