भद्रपुर । भद्रपुर नगर क्षेत्रका उपभोक्तालाई सचेत र अधिकार सम्पन्न बनाउन एक दिवसीय सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
उपभोक्ता हक हित संरक्षण मञ्च झापाको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक नगर सचेतनामूलक प्रशिक्षण सम्पन्न गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय झापाका प्रशासकीय अधिकृत तेजेन्द्र गौतम र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत गोपाल लिम्वुले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा उपभोक्ता हक हित संरक्षण मञ्चका केन्द्रीय सदस्य राजेन्द्र घिमिरे , समाज सेवी दुर्गाप्रसाद भट्टराई लगायतले बाेल्दै दैनिक उपभोग्य साग्रीहरुको प्रयोग गर्ने प्रत्येक उपभोक्ताको हक भएको भन्दै स्थानीय प्रशासनले निरन्तर अनुगमन गर्दै उपभोक्ता ठग्ने व्यापारी तथा उद्योगी लगायतका कालाबजारीयाहरुलाई कडा भन्दा कडा कारवाहि गर्नु पर्नेमा जोड दिए ।
मञ्चकी अध्यक्ष मञ्जु पोखरेलको अध्यक्षता तथा मञ्चका केन्द्रीय सदस्य राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन नागरिक एफ एम भद्रपुरका कार्यक्रम संयोजक ईश्वर अधिकारीले गरेका थिए ।